Posts

मासिक १५ भन्दा बढी रचना प्रकाशन गरी जित्नुहोस् आकर्षक पुरस्कार नेपाली रचना एपमा मात्र Download Now
loading...

यस एममा हामी मुक्तक मात्र प्रकाशन गर्छौ । नयाँ भर्सन अपडेट गर्नुहोस् नेपाली मुक्तक*** फोटो सहित मुक्तक पठाउनुहोस् ***

loading...

Muktak-210 -स्वार्थी रहेछ तिम्रो माया (मुक्तक)

Image
.....मुक्तक..... स्वार्थी रहेछ तिम्रो माया सबको सामु चुक्ने बनायौ! हासी-हासी आखिर तिमीले संसारले थुक्ने बनायौ!! भाग्यले हैन तिमीले साथ दिए पुग्छ भन्नेले आज! पलपल आफ्नै नजरमा आफैलाई झुक्ने बनायौ!! लक्ष्मी शाही ठकुरी तनहुँ हाल पोखरा

Muktak-209 (Collection of Nepali Muktak from various Nepali writers in and outside the Nepal)

Image
मुक्तक 🌹 🌹 फूल फुल्छ बोटमै काँडा हुँदा पनि! सुन्दर लाग्छ दृश्य डाँडा हुँदा पनि।। कहाँ मान्छ मनले तिमी नहुँदा त! माया लाग्छ उत्तिकै टाढा हुँदा पनि।। #तिलू Collection of  Nepali Muktak  from various Nepali writers in and outside the Nepal.

Muktak-208 (Nepali Muktak - नेपाली मुक्तक)

Image
मुक्तक तिमी सँगको बातै मिठो तिमी सँगको साथै मिठो किन लाग्छ अजकल खै दिन भन्दा रातै मिठो !!

Muktak-207

Image
मुक्तक जति नजिक सरे पनि पर सरिस् भनिसिन्छ लाली, पाउडर लाउँदा बढी शृङ्गार गरिस् भनिसिन्छ यो भन्दा त अरू केही लगाउन नि जान्दिन म लगाउँदिन भन्दा पनि पाखे परिस् भनिसिन्छ। #अदिती

Muktak-206

Image
🌹मुक्तक🌹 उसको चिनो जाली रुमाल फाटेर गयो। मायालुको यादमा दिनहरु काटेर गयो। खुशी छाउला, माया लाउला भन्दा भन्दै , यो 2074 सालले ले पनि मलाई ढाटेर गयो। -Anita Dahal

Muktak-205

Image
मुक्तक,, न भोक छ न निन्द्रा कसलाई भन्नू अधिक छन् चाहना कसलाई भन्नू के गरुँला जिन्दगीमा भनेर मात्र लागी रहन्छ चिन्ता कसलाई भन्नू पुजा जोसि बझाङ्ग

Muktak-204

Image
मुक्तक चोट अनि पीडाहरुको नि मापन हुने भए अनि सरल तरिकाले जीवनयापन हुने भए सबै भन्दा धेरै रेडियो टिभी मैले प्रयोग गर्थे मनको घाउ निको पार्ने बिज्ञापन हुने भए।। 👌 Hira Adhikari

Muktak-203

Image
प्रेममा घात हुँदैन , कहिल्यै प्रतिघात हुँदैन । ठूलोसानो भन्ने पनि प्रेममा कुनै जात हुदैन ।  ए ! नशाले बेहोस बनि प्रेमको कुरा गर्नेहरु ! म सत्य भन्छु प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।।। वीर बहादुर बुढाथोकि भगवतीमाइ गाउपालिका दैलेख

Muktak-202

Image
🌹🌹🌹 मुक्तक 🌹🌹🌹 आउन मेरो रानी भन्दै, फुर्क्याउनु पो मजा रैछ ! कान्छी ल्याइदिउँ क्याहो भन्दै घुर्क्याउनु पो मजा रैछ ! चाहे रिसाउ, चाहे तर्क छोड्दिन म तिमिलाइ रिसै रिसमा चोली तुना सुर्क्याउनु पो मजा रैछ !! नबिना खनाल गौतम पोखरा लामाचौर

Muktak-201

Image
🌹🌹🌹🌹मुक्तक🌹🌹🌹🌹 सहज भएन टिसर्टमाझै चोली टिमिक्क भो मलाई देख्दा कालेको आँखा झिमिक्क भो !! बिजुलीको तारमा झै तरंग फैलिएर आयो ! कता कता त्यो हाँसोमा ओठ मिलिक्क भो !! - तिलू गुरुङ 'प्रीति'

Muktak-200

Image
🏵🏵🏵🏵मुक्तक 🏵🏵🏵🏵 तनको हैन मनको नाता अटल हुन्छ आहा पाईला पिच्छे होस गर्नु है समाज गर्छ डाहा २-४ बर्ष पर्ख है त आफ्नै खुट्टामा उभिदै छु, अधुरा सबै समय आएपछि पुरा हुन्छन् चाहा। Khushi Kali Fuchchi

Muktak-199

मुक्तक छोरा नपाउदा श्रीमती कुटिएको देख्छु घरभित्र नै नारीहरु) लुटिएको )देख्छु छोरी पनि छोरा जस्तै हुन किन बुज्दैन्न कुविचारले गर्दा सम्बन्ध छुटिएको देख्छु १ साहित्य प्रेमी सागर विश्वकर्मा

Muktak-198

मुक्तक  मेरो नजिक  हुँदा  तिमि मस्किए  जस्तो  लाग्छ। गर्नै  हुन्न  छुट्ने  कुरा  झस्किए  जस्तो लाग्छ।। भन्नै हुन्न केहि ठस्कि  हाल्छौ  जहिले  तिमी, ठस्किदानि माया पिरति पस्किए जस्तो लाग्छ । निश्चल आँशु दाङ्ग तुल्सिपुर

Muktak-197

Image
पानी नपाउने ले जुस पाएपछि  झार नपाउने ले कुस पाएपछि  नबन्ने काम नि बन्छ यहाँ  कर्मचारीहरूले घुस पाएपछि Amir Kuwar Tamilnadu India, Nepal:kanchanpur  jhalari